दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको नेतृत्वमा डिलाशैनीका सडकहरू निरीक्षण गरिएको छ ।
डिलासैनीका सडकहरु बाह्रै महिना यात्रुहरुले सहज रुपमा यत्रा गर्न सक्ने किसिमले स्तरोन्नति गर्नका लागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार मन्त्री सुरेन्द्र बहादुर पालको नेतृत्वमा सडक अनुगमन निरीक्षण गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । रुद्रेस्वर, कुल्थडा, डिलासैनी, मठैराज सडक, कर्कले, डिलासैनी सडक र देबझाडी-कर्कले सडकको शुक्रबार (आज) स्थलगत निरीक्षण गरिएको उहाँले बताउनुभयो ।
तीन वटा सडकको स्थलगत निरीक्षण गरिएको र बाकी सबै सडकको भौतिक अनुगमन गर्ने अनुकुलता नभए पनि डिलाशैनीका सबै सडकहरुको स्तरोन्नति र मर्मत सम्भारको सन्दर्भमा पनि गहिरो छलफल र सल्लाह भएको उहाँले बताउनुभयो । निरीक्षणमा मन्त्री पालसंगै डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, प्रवक्ता यज्ञराज भट्टसहित जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको सहभागीता रहेको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया