दार्चुलामा कांग्रेसको सय दिने अभियान सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा नेपाली कांग्रेसको सय दिने विषेश अभियान सुरु भएको छ ।

असोज ७ गतेबाट देशव्यापी रुपमा सुरु भइ पुसमा सकिने गरी अभियान चलाउने पार्टीले निर्णय गरेको भएपनी असोज ११ र १२ गते देशका विभिन्न ठाउँमा बाढी पहिरो जस्ता विपद्जन्य घटना घटेपछी असोज १३ मा सो अभियान स्थगित गरिएको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको विस्तारित बैठकको निर्णयअनुसार केन्द्रीय प्रतिनिधिका रुपमा दार्चुला खटिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य जावेदा खातुन जागाले शुक्रवार (हिजो) एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरेका हुन् ।

अभियान वडातह सम्मै सञ्चालन गरिने र पुस महिनासम्म सञ्चालन हुने नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?