दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने दावी गर्नुभएको छ ।
आईतवार (आज) धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले आफना साथीलाई मुद्दा लाग्दा आफुहरुले कहिल्यै हो–हल्ला नगरेको तथा कसैले पनी अदालती प्रक्रियामा बलजप्ती गर्न नपाइने बताउनुभयो । देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन आउने क्रममा आज धनगढी पुग्नु भएको थियो ।
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिकास्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने बताईएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




