प्रशिद्द जयपुर जात्रा भव्यताका साथ सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । लेकमकै प्रशिद्द जयपुर जात्रा भव्यताका  साथ सम्पन्न भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ मा अवस्थित लटिनाथ मन्दिर जयपुरमा हिजो कार्तिक शुक्लपक्षको नवमी तिथीमा लागेको रात्रीजात्रा  भव्यताका साथ शान्तीपुर्ण तरिकाले सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हिजो दिउँसो २ बजे रिठा भण्डारी घरबाट भराण लगेर सुभारम्भ भएको रात्रीजात्रा विहान ५ बजे धुपदेउ गर्दै सम्पन्न भएको छ । जात्रामा लेकम, मालिकार्जुन, शैल्यशिखर, महाकाली लगायत स्थानीय तहका गाउँ–गाउँबाट गरी ३५ जोडा बढी दमाहा बाजा (जात्रा) ल्याइएका थिए ।

जात्रामा दार्चुला बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्ड प्रदेशका भक्तजनहरुको समेत घुईचो थियो । मन्दिर परिसरमा ४५ बढी खाजा, नास्ता, मिठाई लगायतका पसलहरु थापिएका थिए । जयपुर जात्रामा २० लाख बढीको व्यापार भएको अनुमान गरिएको छ ।

जात्रालाई सभ्य, भव्य र मर्यादित बनाउन सहयोग गर्ने सम्र्पुणमा मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ । दार्चुलामा कार्तिक १८ गतेबाट सुरु भएका रात्रीजात्राहरु जारी रहेका छन् ।

राष्ट्रकै सात धाममध्येको मालिकार्जुन मन्दिर मडमा कार्तिक २९ गते र लेकमको कुणी भगवती, पाती लगायतका क्षेत्रमा यस वर्षकै अन्तिम जात्रा ३० गते लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?