दुर्गादत्त मिश्र, दार्चुला । राष्ट्रकै सात धाममध्येको मालिकार्जुन मन्दिर मडमा लाग्ने जात्राको अवसरमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ ।
कार्तिक शुक्ल त्रयोदशीका दिन दिउँसो शिखर पूजन जात्रा र शुक्ल चर्तुदशीका दिन मालिकार्जुनमा रात्री जात्रा लाग्ने भएकाले दुइ दिन गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।
मालिकार्जुन जात्राको लागि आवश्यक तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा शान्ती सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालग गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
कार्तिक २१ गते मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र सिह धामीको अध्यक्षतामा बसेको बैठकले कार्तिक २३ गतेबाट उक्त क्षेत्रमा जुवातास खेल्न खेलाउन निषेध गरिएको छ ।
यस्तै कार्तिक २७ गते भोलीबाट ३० गतेसम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकासंग सिमा जोडिएका स्थानीय बजारका मदिरा पसलहरु सिल गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकाले जात्राको लागि सार्वजनिक विदा सम्बन्धि जारी गरेको सूचना हेर्नुहोस ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया