दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो । आज जिल्ला अदालत भैरहवा रुपन्देहीबाट बयान सकेर पोखरा फर्काउने तयारी छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शनको तयारीसमेत गरेका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया