दुहुँ–५मा हुने उपनिर्वाचन १ हजार २७२ जना मतदाताले मतदान गर्न पाउने

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर– ५मा मंसिर १६ गते हुने उपनिर्वाचनमा १ हजार २७२ जना मतदाताले मतदान गर्न पाउने भएका छन ।
स्थानीय तह उप–निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार दुहुँ–५ मा ६४९ जना पुरुष र ६२३ जना महिला गरि कुल १हजार २७२ जना मतदाताले मतदान गर्न पाउने बताइएको छ ।

यस्तै दुहुँ गाउँपालिकावडा नम्बर– ५मा १ मतदानस्थल र २ वटा मतदानकेन्द्र राखिएका छन ।  मतदानस्थल दुर्गा आधारभूत विद्यालय गरमौरा कायम गरिएको छ ।

निर्वाचनको लागि जिल्ला न्यायाधीश पुष्पराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले निर्वाचनको लागि आवश्यक तयारी गरिरहेको उहाले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?