दार्चुला । बैतडीमा आफ्नै देवरानीको हत्या गर्ने ३० वर्षीया दिपा बोहरामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–२ छेपट्टाकी दिपा बोहराले सोमवार राती आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा काठको चिर्पटले हिर्काएर हत्या गरेकी थिइन् ।
घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएपछि सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । देवरानीको हत्यामा संलग्न दिपालाई नियन्त्रणमा लिएको र अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेर दिपामाथि अनुसन्धान शुरु गरिएको छ । जिल्ला अदालतबाट मंगलबार (हिजो) सात दिनको म्याद थपेर अभियुक्त दिपामाथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दिपाले घरायसी विवादकै कारण आफ्नी देवरानीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । मृत्तक सुनिताको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम पछी आफन्तको जिम्मा लगाईएको छ । पोष्टमार्टम रिपोट भने आउन भने बाँकी रहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया