दुर्गादत्त मिश्र, दार्चुला । राष्ट्रकै सात धाममध्येको मालिकार्जुन मन्दिर मडमा कार्तिक शुक्ल चतुर्दशीका दिन (भोली) लाग्ने रात्रीजात्राको तयारी सकिएको छ । सुदूरपश्चिमकै प्रशिद्द मालिकार्जुन धाममा लाग्ने जात्रामा शान्ति सुरक्षाका लागि २५० वढी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिनुका साथै अर्मायादीत तथा असोभनिय कार्य नगर्न नगराउन सूचित गरिएको छ ।
जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कडा कार्वाही गरिने बताईएको छ । जात्रामा लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास, निगरानी गर्नुका साथै झोलासमेत चेकजाँच गर्ने बताईएको छ ।
जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) खटिनेछन् । जनपद प्रहरी बाट डिएसपी को कमाण्डमा ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित १ सय पचास जना, १० जना सादा पोसाकका प्रहरी र ८ जना ट्राफिक प्रहरी पनि खटिनेछन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको कमाण्डमा ८० जना सशस्त्र प्रहरी खटिने जनाइएको छ ।
जात्राको दिन सवारी साधनहरुमा समेत क्षमता भन्दा बढि यात्रु बोकेका पाइएमा चालकहरुलाई कारर्वाही गरिने बताईएको छ । जात्रालाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिले उक्त संख्यामा सुरक्षाकर्मी माग गरेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गत वर्षको भन्दा पनी यस वर्ष मालिकार्जुनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया