दार्चुला । गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको डेङ्गी सङ्क्रमणबाट ६३ वर्षको उमेरमा गएराति निधन भएको छ । उहाँको उपचारकाक्रममा काठमाण्डैँ स्थित ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिनुभयो ।
म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो ।
गौचनका छोरा अमेरिकामा रहेको र उहाले फर्किएपछी मात्रै मात्रै अन्त्येष्टि गरिने पारिवारीक स्रोतले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया