दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किदै गरेको जिप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ ।
दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ७ जना घाईते भएका छन् । मृतक र घाईतेहरुको पहिचान खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले बताउनुभयो ।
मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।
जिपमा बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया