दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा जिप दुर्घटना परि घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको छ ।
दुर्घटनामा परि गम्भिर घाईते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दिप रावललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी पठाईएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।
घाईते दुई जनाको अवस्था भने सामान्य रहेको र उनिहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ति साउँदले बताउनुभयो ।
आज विहान ४ बजे मालिकार्जुन जात्राबाट दर्शनार्थी लगेर गोकुलेश्वर तर्फ जादै गरेको जिप शैल्यशिखर नगरपालिका वडा नम्बर–६ ग्वानी बजानी स्थित सिराड खोलामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको घटनास्थलमै मृत्यु भएको थियो ।
जिप दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाभरी शोक बिदा दिईएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया