दार्चुलाको कुणी, पाती र झरकडामा वर्षकै अन्तिम रात्रीजात्रा सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा कार्तिक शुक्लपक्षको द्वितीया तिथीबाट सुरु भएका रात्रीजात्रा कार्तिक शुक्लपक्षको पुर्णिमा तिथीमा (आज) समापन हुदै छन् ।

द्वितीया तिथीमा जिल्लाको बन्तोली, मैखोली, चौड भगवती लगायत विभिन्न शक्तिपिठहरुमा जात्रा सम्पन्न भएका  थिए । यस्तै लेकम क्षेत्रकै प्रशिद्द जयपुर जात्रा कात्तिक २५ गते नवमी तिथिमा र मालिकार्जुन मन्दिर मडमा कात्तिक २९ गते (हिजो) चतुर्दशी तिथिमा रात्रीजात्रा सम्पन्न भएका छन् ।

कार्तिक १८ गते लटिनाथ मन्दिर बन्तोली, मैखोली लगायतका मन्दिरबाट सुभारम्भ भएका रात्रीजात्रा  कुणी भगवती, पाती र शैल्यशिखरको झरकडामा आज समापन हुदै छन् । शुक्लपक्षको पुर्णिमा तिथीमा लेकम क्षेत्रमा आज यस वर्षकै अन्तिम रात्रीजात्रा लाग्दैछन् ।

प्रशिद्द भगवती मन्दिर कुणीमा  भराण पुर्याएसगै जात्रा सुभारम्भ भएको लेकम गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो । यस्तै झरकडामा पनी भराण मन्दिरमा पुर्याएर रात्रीजात्रा सुरु भएको स्थानीय नवराज जोशीले बताउनुभयो । कुणीमा लाग्ने यस वर्षकै अन्तिम रात्रीजात्रामा दार्चुलाका विभिन्न स्थानीय तहका गाउँ गाउँ तथा छिमेकी जिल्ला बैतडीका केहि क्षेत्रबाट समेत दमाहा बाजा (जात्रा) आउने गरेका छन् । जात्रामा शान्ति सुरक्षाको लागि प्रहरी परिचालन गरिएका छन् ।

यस्तै गराडी स्वास्थ चौकिको आयोजनमा भगवती मन्दिर कुणीमा हेल्थ डेक्स समेत सञ्चालनमा ल्याइएको छ । कारणबस चोटपटक तथा सामान्य विरामी भएमा हेल्थ डेक्समा निशुल्क रुपमा उपचारको व्यवस्था गरिएको गराडी स्वास्थ्य चौकिका प्रमुख दिपक प्रशाद पन्तले बताउनुभयो । जात्रामा दमाहा बाजा, डेउडा खेल, आफन्तहरुसंग भेटघाट शुख दुख साटासाट गरी मनाउने प्रचलन रहेको छ ।

दार्चुलामा कार्तिक शुक्लपक्षको द्वितीया तिथीबाट सुरु भएका रात्रीजात्रा कार्तिक शुक्लपक्षको पुर्णिमा तिथीमा (आज) समापन हुदै छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?