मार्मा गाउँपालिकामा कार्यरत नायव सुब्बा रामकुमार रानाको विदाई

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका निर्वतमान निमित्त प्रमुख प्रशासकीय अधिकृत एंव संघिय नायव सुब्बा रामकुमार रानाको भुमि सुधार तथा मालपोत कार्यालय कैलाली सरुवा भएको छ ।

२०७५ मंसिर १ गतेबाट मार्मा गाउँपालिकामा कार्यरत रानाको भुमि सुधार तथा मालपोत कार्यालय कैलाली सरुवा भएपछी गाउँपालिकाले शुक्रवार (आज) एक कार्यक्रमको आयोजना गर्दै उहाको विदाई गरेको हो । झण्डै सात वर्ष मार्मा बसेका नायव सुब्बा रानाले तीन वर्ष गाउँपालिकाको प्रशासकीय जिम्मेवारी सम्हाल्नु भएको थियो ।

रानाको कार्यसम्पादनको उच्च सम्मान गर्दै गाउँपालिका अध्यक्ष जमन सिंह धामी, उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंह प्रमुख प्रशासकीय अधिकृत, ध्रमेन्द्र जोशी लगायत कर्मचारीहरुको उपस्थितिमा अविर खादा सहित प्रशसा पत्रद्धारा सम्मानित गर्दै विदाई गरिएको मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृत धमेन्द्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?