मालिकार्जुन मन्दिर परिसरमा सरसफाई

दुर्गादत्त मिश्र, दार्चुला । रात्रीजात्रा सम्पन्न भएसंगै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–३ मा अवस्थित मालिकार्जुन मन्दिर मडमा सरसफाई गरिएको छ ।

मातृभुमि युवा क्लब सेलिचामाको आयोजना एंव मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा मन्दिर परिसरमा सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका सदस्य एंव समाजसेवी माधव सिंह धामीले जानकारी दिनुभयो ।

जात्रााको राती मन्दिर परिसरमा थुप्रिएको फोहोर संकलन गरि नष्ट गरिएको युवा क्लबले जनाएको छ । साथै रात्रीजात्रालाई सभ्य तथा भव्य तरिकाले सम्पन्न गर्नमा सहयोग गर्ने सम्र्पुणमा मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?