दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–२ मा अवस्थित प्रशिद्द भगवती मन्दिर कुणीमा रात्रीजात्राको रौनकता छाएको छ । कार्तिक महिनाकै अन्तिम रात्रीजात्राको रुपमा आज लेकमको कुणी, पाती र शैल्यशिखरको झरकडा लगायतका मन्दिरहरु रात्रीजात्राको रौनकता छाएको छ ।
लेकमको कुणीमा अवस्थित भगवती मन्दिरमा लेकमका गाउँ–गाउँबाट तथा छिमेकी जिल्ला बैतडीका विभिन्न क्षेत्रबाट दमाहा (जात्रा) मन्दिर परिसरमा पुगेका छन् । भने हजारौ भक्तजनको समेत घुईचो छ ।
रात्रीजात्राहरुमा दमाहा बजाउने, डेउडा खेल खेल्दै भक्तजनहरुले रमाईलो गरिरहेका छन् । कातिक १८ गते द्धितिया तिथिबाट सुरु भएका रात्रीजात्रा आज समापन हुदै छन् ।
भगवती मन्दिर कुणीमा लागेको रात्रीजात्राको रौनकता हेर्नुहोस ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया