दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–६ निसिल बस्नुहुने पुर्व जिल्ला पञ्चायत सभापती, अन्चलाधीस एंव निसिलका (रजबार) मिन बहादुर पालको ७२ वर्षको उमेरमा निधन भएको छ ।
जिल्ला सदरमुकाम खंलगास्थित शिखर होटेलमा शुक्रवार (हिजो) राती १० बजेतिर हृद्धयघातका कारण पालको निधन भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।
परीवारका सदस्यहरु समेत सगैं रहेको अवस्थामा एक्कासी लडेर पाल बेहोस भएको र अस्पताल पुर्याउन नपाउदै निधन भएको उहाले बताउनुभयो । मृत्तक पालको शव अन्तिम संस्कारको लागि लगिएको बुझिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया