दुर्गादत्त मिश्र, दार्चुला । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर –५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिकाको वडा नम्बर–५ मा वडा अध्यक्ष पदको लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत दार्चुलाका न्यायाधीश पुष्पराज पाण्डे रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीप सिंह धामीले जानकारी दिनुभयो । दुहुँ–५ मा हुने वडा अध्यक्ष पदको निर्वाचनमा ६४९ जना पुरुष र ६२३ जना महिला गरि कुल १हजार २७२ जना मतदाताले मतदान गर्न पाउने छन् ।
भोलि बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
आइतवार बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया