दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा यहि मंसिर १६ गते वडा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा (एमाले) ले उम्मेदवार घोषणा गरेको छ ।
एमाले पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, लगायत नेता कार्यकर्ताको उपस्थितिमा मान सिंह बडाललाई जितको अग्रिम शुभकामना सहित आज घोषणा सभामार्फत वडा अध्यक्षको उम्मेदवार घोषणा गरिएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो ।
यस्तै निर्वाचनमा माओवादी केन्द्रले वीर सिंह कार्कीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने नेपाली कांग्रेसले धन बहादुर कुँवरलाई उम्मेदवार बनाएको छ ।
दुहुँ–५ मा ६४९ जना पुरुष र ६२३ जना महिला गरि कुल १हजार २७२ जना मतदाताले मतदान गर्ने छन् । भोलि बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया