ऐतिहासिक जोलजिवी मेला सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर– ७ मा  ऐतिहासिक जोलजिवी मेलाको आज एक कार्यक्रममा बिच भब्य उद्धघाटन गरिएको छ । पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रशाद बडूको प्रमुख आतिथ्यता एंव सुदूरपश्चिम प्रदेश सभा सदस्य बिक्रम सिंह धामीको बिशिष्ट आतिथ्यतामा मेलाको उद्धघाटन गरिएको हो ।

यस्तै उद्धघाटन समारोहमा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष, कल्यान सिंह धामी, महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, उपाध्यक्ष शर्मिला कुमारी चन्द, ब्याँस गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुँवर, अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहरा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सशस्त्र प्रहरीका एसपी हेमराज पन्त, प्रहरी डिएसपी प्रकाश दाहाल, उद्योग वाणिज्य संघका पदाधिकारी, जिल्लास्थित राजनितिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत सरोकारवालाको अतिथ्यता एंव उपस्थिति रहेको थियो ।

गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा कृषि प्रद्धशनी मेलाको आयोजना गरिएको छ । यस्तै भोलीबाट जिल्लास्तिरिय खुल्ला गायन तथा नृत्य प्रतियोगिता लगायत सास्कृतिक कार्यक्रमहरु सञ्चालन हुने  मालिकार्जुन गाउँपालिकाका एम आइ एस अपरेटर लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

१८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजीवि मेलाको सुरुवात गरेको इतिहास छ। जौलजीवि मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ। मेलामा जुम्ली घोडा, लत्ताकपडा, फलफुल लगायतको राम्रो व्यपार हुने गरेको छ । उक्त क्षेत्रमा हजारौँको सख्यामा व्यापारीहरु आईपुगेका छन् ।

मेला अवधिभर नेपाल भारत जोड्ने पुल राती साढे १० बजेसम्म खुल्ला रहने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?