दार्चुलामा कोरोना बिरुद्धको फाइजर खोप अभियान सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा कोरोना भाईरस विरुद्धको फाइजर खोप अभियान सुरु भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर २ गते (आज) बाट १२ गतेसम्म जिल्लाभरी खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।

जिल्लाका नौँ वटै स्थानीय तहमा मंसिर १२ गतेसम्म खोप तालिका अनुसार १२ वर्ष माथिका बालवालिकाहरु, अपाग, ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरुलाई खोप दिईने उहाले बताउनुभयो । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी प्रतेक खोप केन्द्रबाट ३ दिनसम्म खोप अभियान सञ्चालन गरिने छ ।

दार्चुला जिल्लाका लागि ८ हजार ४ सय डोज खोप उपलब्ध भएको र सम्बन्धित उमेर समुहका नागरिकहरुलाई खोप अभियानमा सहभागि हुन जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?