शैल्यशिखरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरूवात

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरूवात भएको छ ।

उक्त कार्यक्रम अन्तरगत शैल्यशिखरमा चालू आर्थिक वर्ष २०८१/०८२ मा जम्मा ८१ जनाले रोजगारी पाउने भएका छन् । जसमा बिश्व बैंकको बजेटतर्फ ४० जना र नेपाल सरकारको बजेटतर्फ ४१ जना कार्यक्रममा समावेश भएका हुन् । २७ लाख बिश्व बैंकको र २७ लाख ३८ हजार आठ सय नेपाल सरकारको गरि कुल ५४ लाख ३८ हजार आठ सय बजेटमा नयाँ मोडेलमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरूवात भएको शैल्यशिखर नगरपालिकाका रोजगार संयोजक तेजराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

छनोट भएकाहरूले सडक मर्मतसम्भार र डकर्मी तालिम पाउने छन् । सडकको काम मङ्सिर १ गतेदेखि र सीपमूलक तालिम ३ गतेदेखि सुरू भएको उहाँले बताउनुभयो । १०० दिनको रोजगारी अन्तरगत ५० दिनको सीपमूलक तालिम र ५० दिनको काम दिने अवधारणा रहेको छ ।

बिश्व बैंकको बजेटमध्ये शैल्यशिखरको वडा नम्बर ३, ४, ५, ६ र ९ का ४० जनालाई तथा नेपाल सरकारको बजेटमध्ये वडा नम्बर ७, ८, १, २, ९ का ४१ जनालाई गरि कुल ८१ जनालाई कार्यक्रममा समावेश गरिएको हो ।  छनोट भएका श्रमिकले प्रतिदिन ६६८ रूपियाँ पारिश्रमिक पाउने छन् ।

रोजगारीसंगै सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सरकारले नयाँ मोडेलमा कार्यक्रम सुरूवात गरेको नगरप्रमुख विजयसिंह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?