दार्चुलाको महाकालीमा हुलाक काउन्टर तथा अन्य स्थानीय तहका केन्द्रमा हुलाक कार्यालय स्थापना गरिदै

दुर्गादत्त मिश्र, दार्चुला । नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार दार्चुलाको  महाकाली नगरपालिकामा हुलाक काउन्टर तथा अन्य आठ वटा स्थानीय तहमा हुलाका कार्यालय स्थापना भईरहेका छन् ।

मंसिर ४ गते मंगलवारबाट स्थानीय तहहरुमा हुलाक कार्यालय स्थापना गर्न थालिएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । हालसम्म जिल्लाका तीन वटा स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरिएको निमित्त अधिकृत धामीले बताउनुभयो ।

मंसिर ४ गते शैल्यशिखर नगरपालिकामा ५ गते मार्मा गाउँपालिकामा र ६ गते (आज) अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको बताईएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ रिठाचौपातामा रहेको हुलाक  कार्यालय पनी गाउँपालिकाको केन्द्र रातामाटा सर्ने भएको छ ।

सरकारले पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गर्ने बताएको छ । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिने बताईएको छ । दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए ।

जिल्ला हुलाक कार्यालय रहेको महाकाली नगरपालिकामा हुलाक काउन्टर र अन्य ८ वटा स्थानीय तहका केन्द्रहरुमा हुलाक कार्यालय स्थापना गरिने बताईएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?