दार्चुलाको छाङरुमा खानेपानी पुर्‍याउन प्राविधिक टोली स्थलगत अध्ययन सकेर फर्कियो

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर–१ छाङरुमा खानेपानी पुर्‍याउन प्राविधिक टोली स्थलगत अध्ययन सकेर फर्किएको छ ।

सौका समुदायको बसोबास रहेको छाङरुमा खानेपानी पुर्‍याउन प्राविधिक टोली भारतीय बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको बताईएको छ । छाङरुमा खानेपानीको सम्भाव्यता अध्ययन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिजियर गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब ११० घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको देवकोटाले बताउनुभयो । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ ।

अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुला खलङ्गा झर्ने तयारी गरिरहेको  र गाउँमा खानेपानी पुग्ने भएपछी स्थानीय खुशी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधि कार्यालयमा रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बैतडी र दार्चुलामा खानेपानीको योजना निर्माण गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?