अपिहिमालको केन्द्र जोड्ने सडक निर्माणका लागि ठगुन्ना नेतृत्वको टोलीद्धारा मन्त्रीलाई ज्ञापन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका लागि दुई जना मन्त्रीलाई अनुरोध गरिएको छ ।

दार्चुलाबाट गएको नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने “बिटुले–पारिबगर–खण्डेश्वरी–घुषा” सडकमा थप बजेट विनियोजन गरी यसै आर्थिक बर्ष भित्र ट्रयाक खोल्नका लागि अनुरोध सहित नेपाल सरकारका अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री लाई ज्ञापन पत्र बुझाएको टोलीमा सहभागी एमाले अपिहिमाल गाउँकमिटी अध्यक्ष धर्मानन्द सिंह मन्याल (डिएन घाजिरेल) ले जानकारी दिनुभयो । दार्चुलाको नौँ वटा स्थानीय तहमध्ये अहिलेसम्म पनि अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडकमार्गको पहुँच पुगेको छैन् ।

नेता ठगुन्नाको नेत्तृत्वमा दार्चुलाबाट काठमाडौं पुगेका ११ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाईएको अपिहिमाल गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहनुभएका मन्यालले बताउनुभयो ।

ज्ञापन पत्र हेर्नुहोस:
माननीय मन्त्रीज्यू
१) अर्थ मन्त्रालय
२)भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार, काठमाण्डौ ।
विषयः ज्ञापन पत्र बारे ।
महोदय,
उपयुक्त सम्बन्धमा दार्चुला जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको यस अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडकको पहुंच नहुँदा अपिहिमालबासी जनताले धरै सास्ती भोग्नु परेको कुरा अवगत गराउन चाहन्छौं। यसै सन्दर्भमा नेकपा (एमाले) अपिहिमाल गाउँपालिका कमिटीको यही मंसरि १ गते बसेको बैठकको निर्णय अनुसार ’बिटुले पारिबगर खण्डेश्वरी–घुसा’ रणनितिक सडकमा आवश्यक बजेट विनियोजन गरी दुर्त गतिमा ट्रयाक खोल्ने कार्यमा हजुरको सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।

१ गणेश सिंह ठगुन्ना नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज
२ उर्मिला बोहरा नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य
३ शान्ति धामी नेकपा(एमाले) जिल्ला कमिटी सदस्य तथा अपिहिमाल गाउँपालिका कमिटि इन्चार्ज
४ धर्मानन्द सिंह मन्याल अपिहिमाल गाउँपालिका कमिटि अध्यक्ष (अपिहिमाल गा.पा. निवर्तमान अध्यक्ष)
४ बालकुमारी बोहरा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य
५ जित्वा धामी नेकपा(एमाले) जिल्ला कमिटी सदस्य
६ प्रेम सिंह डडाल जिल्ला कमिटी. सदस्य
७ चक्र सिंह बोहरा रा.यु. सं. नेपाल गाउँपालिका  कमिटी सदस्य
८ खडक सिंह बडाल, नि.जिल्ला कमिटी. उपसचिव
९ विनोद सिंह धामी
१० प्रकाश सिंह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?