दुर्गादत्त मिश्र, दार्चुला । इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा मातहतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरको आयोजना एंव गोकुलेश्वर अस्पताल दार्चुलाको सहजिकरणमा शुक्रवार (आज) इप्रका गोकुलेश्वरमा कार्यरत तथा कार्यलय मातहतका प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख एंव प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।
प्रहरी कर्मचारीहरुको आँखा,कानको जाच, ब्लड प्रेसर, तौल तथा सम्र्पुण स्वास्थ्य अवस्था जाच गरि आवश्यक परार्मश दिईएको प्रहरी हवल्दार नारायण जैशीले बताउनुभयो ।
साथै प्रहरी कर्मचारीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्नमा सहयोग गर्ने गोकुलेश्वर अस्पताललाई धन्यवाद ज्ञापन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया