कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना, २९ जना घाइते

दार्चुला । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ।

कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा शनिवार (आज) दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो।

दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन् । २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो ।

घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?