गोकुलेश्वर माविको विव्यस अध्यक्षका लागि १६ जनाको उम्मेदवारी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर माविको विव्यस अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरूमा विभिन्न राजनीतिक दलका नेतादेखि समाजसेवी, बुद्धिजीवीहरू छन् । उम्मेदवारहरूले भौतिक पुर्वाधार निर्माण गर्नेदेखि शैक्षिक गुणस्तर सुधार गर्ने एजेन्डा अघि सारेका छन् । विद्यालय सुधार गर्ने भन्दापनि राजनीतिक स्वार्थले विद्यालय व्यवस्थापन समितिमा हानथाप हुने गरेको विगतदेखि आरोप लाग्दै आएको छ । उम्मेदवारहरूबिच छलफल गरेर सहमतिको प्रयास भइरहेको बताइएको छ ।

शैल्यशिखरको सामुदायिक विद्यालयमा विव्यस गठन सम्बन्धि कार्यविधि अनुसार सहमति जुटेमा सहमतिमै र सहमति नजुटेमा उम्मेदवारहरूमध्ये अध्यक्ष नगरपालिकाले मनोनीत गर्ने र अध्यक्षले तीन जना सदस्य छान्ने व्यवस्था रहेको बताइएको छ । ९ सदस्यीय समितिमा केही पदेन सदस्य र प्रधानाध्यापक सदस्य सचिव हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?