दुर्गादत्त मिश्र, दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिईएको छ ।
गाउँपालिकाको वडा नम्बर–७ मा अवस्थित डिलाशैनी मावि खेतागाउँमा कार्यरत ६४ वर्षीय कार्यालय सहयोगी मान सिंह धामीको मंसिर ८ गते (हिजो) निधन भएकाले आज गाउँपालिकाभरी शोक बिदा दिईएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
२०३९ सालबाट सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी धामीको निधनप्रति दुख व्यक्त गर्दै १ दिने शोक बिदा दिईएको हो । आज गाउँपालिका अन्र्तरगतका कार्यालय लगायत संस्थाहरुमा शोक बिदा दिईएको गाउँपालिकाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया