रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।

सहकारी बचत रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान भइरहेको छ । कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्याएपछि आज पाँचौं पटक म्याद थप भएको हो ।

लामिछानेलाई प्रहरीले रुपन्देही लगेरसमेत बयान लिइसकेको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौबाट समेत पक्राउ पूर्जी जारी भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?