दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा मंसिर १६ गते हुने उपचुनावका लागि मतपत्र लगायत आवश्यक निर्वाचन साम्रगी आईपुगेको छ ।
जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा मंसिर १६ गते हुने रिक्त वडा अध्यक्ष पदको उपचुनावका लागि शनिवार (हिजो) मतपत्र लगायत आवश्यक निर्वाचन साम्रगी आईपुगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । मतपत्र लगायत आवश्यक साम्रगी मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाईएको र अहिले जिल्ला अदालत दार्चुलामा राखिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप सिंह धामीले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्रमा केहि दिनपछी मात्रै मतपत्र लगिने बताईएको छ । निर्वाचन आयोगले मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
प्रचारप्रसार गर्नेक्रममा आचारसंहिता विपरीत छिटपुट घटना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरु परिचालन भएका जनाएको छ ।उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ । उपचुनावमा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् ।
चुनावी सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने गरी सरकारले तयारी गरेको छ । निर्वाचन आयोगले हिजो मात्रै मतपत्र छपाईको काम सकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया