दार्चुलाको ब्याँसमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ ।

नेपाली कांग्रेस ब्याँस गाउँकार्यसमिति सभापती नरेन्द्र भट्टको अध्यक्षता एंव नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य मदन गिरीको प्रमुख आतिथ्यतामा सय दिने विशेष अभियान सुरु भएको नेपाली कांग्रेस क्षेत्रीय सचिव हरी जोशीले जानकारी दिनुभयो ।

यस्तै अभियानमा महादिवेशन प्रतिनिधि एंव मालिकार्जुन गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, जिल्ला उप –सभापती मानसिंह बुढाथोकी, महासमिति सदस्य एंव दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती बम, महासमिति सदस्य हरक बिष्ट, जनजाती महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र बुढाथोकी, क्षेत्रीय सचिव हरी जोशी लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

विशेष अभियान भोलीबाट पालिकाकाका सम्र्पुण वडाहरुमा वडा सभापतिहरुको संयोजकत्वमा संञ्चालन हुने कांग्रेसले जनाएको छ । वडास्तरमा हुने अभियानमा जिल्लाबाट खटाइएका पार्टी प्रतिनिधि र पालिकाप्रतिनिधि समेत सहभागि हुने बताईएको छ ।

यस्तै जिल्लाको दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पनी विशेष अभियान जारी रहेको छ ।  स्थानीय तहमा मंसिर ५ गतेदेखि कार्यक्रम सञ्चालन गरि मंसिर १५ गते समापन हुने कांग्रेस दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?