दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले बेष्ट पोलिस अफ द मन्थबाट एक जना प्रहरी निरीक्षकलाई पुरस्कृत गरेको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी निरीक्षक किशोर सिंह ऐरीलाई आईतवार (आज) एक कार्यक्रमका बिच कार्तिक महिनाकै बेष्ट पोलिसको रुपमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
ऐरीलाई लागुऔषद् नियन्त्रण, जिल्लाका विभिन्न क्षेत्रमा लागेका रात्रीजात्रा व्यवस्थापन तथा सवारी दुर्घटनामा घाईतेहरुको उद्धार लगायतका कामहरुको प्रशसा गर्दै पुरस्कृत गरेको उहाले बताउनुभयो ।
पुरस्कार पाप्त गर्दै प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जिल्लाको शान्ति सुरक्षामा थप जिम्मेवार भई खटिने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रतेक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मानित गर्दै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया