दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको विषयमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । यही मङ्सिरको १७ गते चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीले चीनसँग नेपालले उठाउनुपर्ने विषयका बारेमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो । शेरबहादुर देउवा जनकपुर र बाबुराम भट्टराई गोरखामा भएका कारण छलफलमा सहभागी हुनुभएको थिएन ।
छलफलमा आफूले चीनसँग नेपालको हितमा कुरा राख्न सल्लाह दिएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जानकारी दिनुभएको छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा अविचलित रूपमा उभिन्छ र कुनै छिमेकी देशहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिँदैन भन्ने सन्देश दिन पनि सुझाव दिएको बताईएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया