दार्चुलाको नौगाडमा अनेरास्ववियुद्धारा आयोजित पालिकास्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पालिकास्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) को आयोजनामा नौगाड गाउँपालिका वडा नम्बर–३ स्थित लटिनाथ मावि खारमा पालिकास्तरीय वादविवाद प्रतियोगिता मंगलवार (आज) सम्पन्न भएको अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य प्रेम सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य आन सिंह बडाल, एमाले दार्चुलाका सचिवालय सदस्य मंगल सिंह ठगुन्ना, शिक्षक विद्यार्थी, बुद्दिजीवी लगायत सरोकारवालाको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

मंसिर १ गते बसेको दोस्रो विस्तारित बैठककको निर्णय अनुसार स्थानीय तहहरुमा पालिकास्तरीय वादविवाद प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष जोशीले बताउनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्रका ५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सामाजिक सञ्जालको प्रयोग समाजको लागि वरदान कि अभिशाप शिर्षकमा सञ्चालित वादविवाद प्रतियोगितामा लटिनाथ मावि खारकी प्रतियोगी विमला ठगुन्ना प्रथम, गणेश विनायक मावि सिप्टीकी प्रतियोगी समीक्षा ठगुन्ना द्धितिय र समैजी मावि सौकेबगडकी प्रतियोगी अरुणिमा धामीले तृतीय स्थान पाप्त गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम द्धितिय र तृतीय स्थान पाप्त गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र सहित शैक्षिक साम्रगी प्रदान गरिएको छ । यस्तै भोली मार्मा गाउँपालिका तथा १४ गते अपिहिमाल गाउँपालिकामा कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?