दार्चुला सहित सुदूरपश्चिमका निर्वाचन हुने जिल्लाका पालिकाहरुमा भोलिदेखि कर्मचारी खटिने

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ सहित सुदूरपश्चिममा पाँच पालिकाका रिक्त क्षेत्रहरुमा भोलीबाट कर्मचारी खटिने भएका छन् ।

सुदूरपश्चिममा गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगाइएको छ। पाँचवटा वडाअध्यक्षका लागि हुने उपनिर्वाचनका भइरहेकोमा १८ वटा मतदान केन्द्र तोकिएको छ। बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ। उक्त क्षेत्रमा ७ हजार ४६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ।

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर –५ मा एक हजार दुई सय ७२ मतदाता छन् भने दुईवटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार पाँच सय ९३ मतदाता छन् भने तीन मतदान केन्द्र रहेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पाँच हजार ४३४ मतदाता छन् भने ६ मतदान केन्द्र छन्। बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मतदाता छन् भने दुई मतादन केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन्। बझाङको सुर्मा गाउँपालिका–४ को वडाअध्यक्ष पदको लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा चुनावी मैदानमा छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?