दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । कुल एक हजार २७२ मतदाता रहेको दुहुँ-५ मा ६८.९५ प्रतिशत अर्थात ८७७ मतदाताले मतदान गरको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुकी ७:३० बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
दुई वटा केन्द्र रहेको दुहुँ-५ गरमोराको (क) केन्द्रमा महिला २१४, पुरुष २२३ गरि जम्मा ४३७ मत र (ख) केन्द्रमा महिला २६२, पुरूष १७८ गरि जम्मा ४४० मत खसेको छ । दुहुँ गाउँपालिका-५ को दुबै केन्द्रमा गरि वडाअध्यक्ष पदका लागि जम्मा ८७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताउनुभयो ।
दुहुँ-५ को वडाअध्यक्षमा चार जनाको उम्मेदवारी छ । मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादीका बिचमा हुने आकलन गरिएको छ । दुहुँ-५ का तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया