दार्चुला । लोक सेवा आयोगले शाखा अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले २०८० कार्त्तिक २७ गते लिएको लिखित परीक्षा र मङ्सिर १३ गते भएको अन्तरवार्ताको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
जसअनुसार शाखा अधिकृत खुलातर्फ १०३ जना सिफारिस भएका छन् । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका दिपकराज जोशी, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ खेतीगाउँका ओमकार जोशी, डिलाशैनीकै वडा नम्बर ५ पिपलधारका नरेशराज जोशी, पुर्चौडी नगरपालिका वडा नम्बर ४ का रबिन्द्रबहादुर धामीसहित १०३ जना शाखा अधिकृत सिफारिस भएका छन् । खुलाबाहेक समावेशी कोटा तर्फ पनि उत्तीर्ण उम्मेदवारहरू सिफारिस भएका छन् ।
सिफारिस भएका सबैको सूची तलको लिंकमा हेर्नुहोस्
https://drive.google.com/file/d/10vCcoxJKtwV-1_bVrteRLsaXELn25K7C/view?usp=drivesdk
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया