कीर्तिपुरमा कांग्रेस र मोरङको ग्रामथानमा माओवादीको अग्रता

दार्चुला ।  पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको चुनावको नतिजा सार्वजनिक हुन थालेको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्षमा चुनाव भएकोमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र धेरै वडाहरुको नतिजा आइसकेको छ । वडाहरुको नतिजामा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् ।

कीर्तिपुर नगरपालिकाको मेयरका लागि भएको चुनावको मतगणना चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी र जाजरकोटको नलगाड उपमहानगरपालिकाको उपमेयरमा माओवादीले अग्रता लिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?