कीर्तिपुर नगरपालिकामा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्रो स्थानमा

दार्चुला । काठमाण्डौको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । डङ्गोल नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरभन्दा ५ सय १४ मतले अघि हुनुहुन्छ । एमालेका मानन्धरले १ हजार ३ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले १ हजार १ सय ८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले ४ सय १८ मत प्राप्त गर्नुभएको छ । मतगणना अहिले जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?