उपनिर्वाचनको परिणामबाट माओवादी उत्साहित

दार्चुला । मंसिर १६ (आइतबार) भएको उपनिर्वाचन अन्तर्गत धेरै स्थानको मतपरिणाम आइसकेको छ ।

४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले आएको देखिन्छ । कतिपय स्थानमा पराजय व्यहोरेको भए पनि एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजयको झण्डा फहराएको छ । यो परिणामले ०६४ साल दोहोरिने भन्दै माओवादी वृत्तमा खुसीयाली छाएको छ ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले सानदार ढङ्गले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष प्रचण्डले पूर्वबाट ०६४ साल फर्किएको बताएका छन् ।

आफ्ना पार्टीका उम्मेदवार नमोनारायण माझी कांग्रेसभन्दा १६३६ मतको अन्तरले विजयी भएपछि उत्साहित भएका प्रचण्डले यस्तो बताएका हुन् । जबकि उक्त पालिकामा ०७९ सालको निर्वाचनमा माओवादी तेस्रो स्थानमा रहे पनि मत निकै कमजोर थियो ।

उपनिर्वाचनको मतपरिणाम अनुसार माओवादीले ६ हजार ९६९ मत ल्याउँदा कांग्रेसले ५ हजार ३३३ मत ल्याएको छ भने एमालेले भने ४ हजार १५९ मतमात्रै ल्याउन सफल भयो । जबकि २०७९ को निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए ।

अहिलेको मतपरिणाममा भने धेरै उलटफेर देखियो र तेस्रोबाट माओवादी एकैपटक सानदार ढंगले पहिलो स्थानमा आइपुग्यो ।

जनताको अपार समर्थन र पार्टीका उम्मेदवार सफल भएपछि हौसिएका प्रचण्डले ०६४ साल फर्किएको दाबी गरेका हुन् । उनले जनताभन्दा ठुलो कोही नभएको भन्दै जनतामा जान माओवादीका नेता तथा कार्यकर्तालाई अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?