मालिकार्जुनको न्वालपानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–२ न्वालपानीमा पहिलोपटक यात्रु बाहक जीप पुगेको छ ।

मालिकार्जुन–न्वालपानी सडक खण्डको ट्रयाक खुले संगै न्वालपानीमा पहिलोपटक ना १ ज ३१३३ नम्बरको यात्रुबाहक जीप पुगेको स्थानीय दिवान धामीले जानकारी दिनुभयो । गाउँमा गाडी पुगेसगै यात्रा गर्न तथा सामान ढुवानी गर्न सहजता हुने भन्दै स्थानीय खुशी भएका छन् । गाउँमा पहिलोपटक गाडी पुगेपछी स्थानीयले सवारी चालकलाई अविर र फुलमाला सहित स्वागत गरेका छन् ।

साथै प्रतिवद्धता अनुसार गाउँमा सडक पुर्याउन सहयोग गर्ने मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, वडा नम्बर–२ का वडा अध्यक्ष गणेश सिंह धामी, आवश्यक बजेटको पहलमा सहकार्य गर्ने पुर्व मन्त्री गणेश सिंह ठगुन्ना निर्माण व्यवसायी, अगुवा लगायत सरोकारवालाहरुलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?