दार्चुला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी हुनुभएको हो ।
तिमल्सिना एक हजार छ सय ३६ मतसहित विजयी हुनुभयो भने कांग्रेसकी बुढाले एक हजार पाँच सय ९३ मत ल्याउनुभयो । एमाले उम्मेदवार जाना शाही तेस्रो हुनुभयो । यसअघि भएको चुनावमा सर्केगाडको उपाध्यक्ष माओवादीले नै जितेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया