दार्चुलामा १५ वर्षीय एक किशोर बेपत्ता

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा १५ वर्षीय एक किशोर विगत चार दिनबाट बेपत्ता भएका छन् ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–४ ओडिगाउँका १५ वर्षीय अम्मर गिरी मंसिर १५ गते शनिवार दिउँसोबाट बेपत्ता भएको उहाका आमा माया गिरीले जानकारी दिनुभयो ।

उक्त किशोर मालिकार्जुन गाउँपालिकाको देवधुरा बजारमा मोबाईल चार्ज गर्न जान्छु भनी घरबाट गएको र हालसम्म पनी अवस्था अज्ञात रहेको आफन्तहरुले बताएका छन् । बेपत्ता किशोर लेकमको लटिनाथ नमुना मावि चौपातामा कक्षा नौँ मा अध्ययनरत रहेका थिए ।

घरबाट बच्चा हराएको चार दिन बित्दा समेत कुनै खबर नआए पछी आफन्त चिन्तित बनेको छन् । उक्त किशोरलार्ई कसैले भेटेमा ९८६८७१९२७५ अथवा नजिकैको प्रहरी चौकिमा खबर गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?