दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–५ आगर (लेकगाउँ) बस्ने ३६ वर्षीया दुर्गा रावलको मंगलवार (हिजो) दिउँसो १२ बजे स्थानीय खरखडा भिरबाट लडेर घटनास्थलमै ज्यान गएको स्थानीय दिपक रावलले जानकारी दिनुभयो ।
घरबाट विहान घाँस काट्न गएकी रावल बेलूकी सम्म घर नफर्किएपछी खोजी गर्दै जादा भिरबाट लडेर मृत्त अवस्थामा भेटिएकी आफन्तहरुले बताएका छन् ।
मृत्तक रावलका एक छोरा एक छोरी र श्रीमान रहेका छन् । घाँस काट्ने क्रममा भिरबाट लडेर रावलको अकालमै ज्यान गएपछी सिंगो गाउँ शोकमग्न बनेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया