दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । आज बिहान उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ ।
भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा.धनश्याम भुसालले विज्ञप्ती निकालेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया