दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–२ मा अवस्थित सर्मोली स्वास्थ्य चौकीले वडा नम्बर–२ भित्रका सम्र्पुण विद्यालयकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विद्यार्थीहरुको नाक, कान, घाँटी तथा मुख र रक्त समुह जाँच सम्बन्धि शिविर सञ्चालन गरेर महत्वर्पुण तथा अत्याआवश्यक स्वास्थ्य समस्या पत्ता लगाइ विद्यालयहरुलाई रिर्पोट प्रदान गरिरहेको सर्मोली स्वास्थ्य चौकीका प्रमुख दिपक प्रशाद पन्तले जानकारी दिनुभयो ।
जसअन्र्तरगत मंगलवार (हिजो) पहिलो दिन मालिकार्जुन आधारभूत विद्यालय गराडीका ११३ जना विद्यार्थीहरुको नाक, कान घाँटी तथा मुखको चेकजाँच र ६४ जनाको रक्त समुह, हुनैनाथ बालिचन आधारभूत विद्यालय भाटाईजरका ३८ जनाको नाक, कान घाँटी तथा मुखको चेकजाँच तथा १६ जनाको रक्त समुह गरी कुल २३१ जना विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको उहाले बताउनुभयो ।
यस्तै आज केदारनाथ माध्यमिक विद्यालय धरमघरमा शिविर सञ्चालन हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया