दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको एक बैंकमा टोडफोड भएको छ ।
जिल्ला सदरमुकाम खलंगामै अवस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा गयराती टोडफोड भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
चोरले बैंकमा टोडफोड गरेको र नगद तथा अन्य साम्रगी चोरी भने नभएको उहाले बताउनुभयो ।
दार्चुला प्रहरीले अहिले सिसिटिभी फुटेजका आधारमा बैंक टोडफोड गर्नेको खोजी कार्य गरिरहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया