दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटमा नेकपा (माओवादी केन्द्र) को वडा सम्मेलन सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष दान बहादुर पालको अध्यक्षता एंव जिल्ला समन्वय संयोजक पदम राज पन्तको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनबाट लक्ष्मण गिरीको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरिएको छ । कमिटी उपाध्यक्षमा नैयन राम लुहार, सचिवमा गजि राम लुहार, कोषाध्यक्षमा मन्जु महर र सहसचिवमा भोज बहादुर पाल चयन भएको कमिटी अध्यक्ष लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
यस्तै सम्मेलनमा नेकपा (एमाले) र नेपाली कांग्रेस परित्याग गरी निर्मला महरा र कुत्ते राम लुहार (माओवादी केन्द्र) प्रवेश गरेका छन् । दुबै जनालाई जिल्ला समन्वय संयोजक पन्तले पार्टीमा स्वागत गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया