दुर्गादत्त मिश्र, दार्चुला । ’विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने मुल नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविक दिवस दार्चुलामा पनी मनाइएको छ ।
जिल्ला अस्पताल दार्चुला,स्थानीय तहहरु, लगायत विभिन्न स्वास्थ्य संस्थाहरुमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविक दिवस मनाइएको छ । दिवसको अवसरमा लेकम गाउँपालिका–२ मा अवस्थित सर्मोली स्वास्थ्य चौकीले अन्र्तरकृया लगायतका कार्यक्रमको आयोजना गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पु¥याउने उद्देश्यले नेपालमा वि सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो।
महिला स्वास्थ्य सेविकाले देशैभरी प्रजनन स्वास्थ्य, परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोग, खोप, पोषण, किशोरावस्था र महिनावारी, प्रजनन रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरू, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरू, व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानहरू लगायतका कार्य गर्दै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया